काठमाण्डो । युनाइटेड इदि मर्दि एण्ड आरबी हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार कम्पनीले समीक्षा अवधिसम्म २ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २०.१९ प्रतिशत कम हो । अघिल्लो आवको को दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा २ करोड ७६ लाख रुपैयाँ थियो ।
कम्पनीको विद्युत बिक्रीबाटको आम्दानी ७.४८ प्रतिशतले घट्दै ९ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ७९ करोड ६९ लाख रुपैयाँ रहेको कम्पनीको आयोजना खर्च घटेर ७८ लाख ९८ हजार रुपैयाँ पुगेको छ । कम्पनीको कुल सञ्चालन खर्च समेत घटेको छ । कुल खर्च ५.८९ प्रतिशतले घटेर १ करोड ४५ लाख रुपैयाँमा सीमित भएको छ ।
कम्पनीको चुक्तापूँजी ४२ करोड रुपैयाँ रहेकोमा रिजर्भको आकार ३२.१३ प्रतिशतले बढेर ४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको दीर्घकालिन ऋण ९१ करोडढ ७३ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी(ईपीएस) १०.५० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १११.२५ र मूल्य आम्दानी अनुपात ३९.५३६५ गुणा कायम भएको छ ।