बिहीबार, चैत्र २१,२०८१ 02:13:59
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:13:59
IME remit
Global IME Bank Limited

फागुनमा आयोजना हुने एजीएमबाट हिमालयन लाइफको लाभांश पारित हुने, बुक क्लोज कहिले ?

Hyundai Nepal
फागुनमा आयोजना हुने एजीएमबाट हिमालयन लाइफको लाभांश पारित हुने, बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७९/८० का लागि घोषणा गरेको लाभांश फागुन ११ गते आयोजना हुने कम्पनीको वार्षिक साधारण सभाबाट पारित हुने भएको छ । माघ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा फागुन ११ गते बिहान साढे १० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभामा आव २०७९/८० का लागि प्रस्ताव गरिएको १४ प्रतिशत बोनस सेयर पारित गरिनेछ । बोनस सेयर जारीपश्चात कम्पनीको चुक्ता तथा जारी पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै सभामा सञ्चालक समितिको आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, कम्पनीको आव २०७९/८० को र यस कम्पनीमा मर्ज भएको साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आव २०७९/८० को (मर्ज अघि सम्मको) लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा÷नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र त्यससम्बन्धी अनुसूचिहरु तथा नेपाल वित्तीय प्रतिवेदन मानबमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने र आव २०८०/८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्र्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.