काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी फागुन २० गते रुपेन्देहीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ ।
उक्त सभामा अन्य वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने सम्बन्धि सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पारित गरिनेछ ।
यस्तै सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी फागुन ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।