काठमाण्डौ । सान्भि इनर्जी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको छैठौं साधारण सभा पुस २९ गते काठमाण्डौको बुद्धनगरमा रहेको क्वालिटी ब्याङ्क्वेटमा दिउँसो ३ बजेदेखि आयोजना गर्ने निर्णय गरेको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु स्वीकृत गर्ने तथा आव २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
यस्तै सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुमात्रै कम्पनीको सभामा सहभागी हुन योग्य हुनेछन् ।

