काठमाण्डौ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडले लाभांश नदिने घोषणा गरेको छ । संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
साथै उक्त बैठकले कम्पनीको २८ औँ र २९ औँ गरी दुई आवको वार्षिक साधारण सभा समेत डाकेको छ । उक्त सभामा कम्पनीको पूँजी संरचना परिवर्तन गर्ने र संस्थापक समूहको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा आगामी चैत २ गतेका लागि डाकिएको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी फागुन फागुन १८ देखि चैत २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।