काठमाण्डौ । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ । मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिले आगामी मंसिर २८ गते काठमाण्डौको बालुवाटारमा रहेको डेलिस ओपेरा रेष्ट्रो एण्ड ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको छ ।
कम्पनीले २७ औं र २८ औं साधारण सभा एकैपटक गर्न लागेको हो । यसअघि २०८० कात्तिक २३ गते, मंसिर २२ गते र फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार, कम्पनीको २७औं वार्षिक साधारणसभा २०८० मंसिर २२ गते, पुस ६ गते र फगाुन ३० गते डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा गर्ने भनि दुई दुई पटक सूचना प्रकाशित गरिएको थियो । तर सेयरधनीहरूको गणपुरक संख्या नपुगी स्थगित भएकोमा उच्च अदालत पाटनको फैसला समेतका आधारमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०८१ कात्तिक १३ गते जारी भएको निर्देशनबमोजिम सम्पन्न हुन बाँकी दुई आवको साधारण सभा हुन लागेको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको आव २०७९/८० र आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० र आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरी पारित गर्ने र आव २०८०/८१ को लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट तोकिएको लेखापरिक्षक तथा निजको पारिश्रमिक समेत अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै विज्ञ सञ्चालकहरूको नियुक्तिको अनुमोदन गर्ने, रिक्त २ जना सञ्चालक पदमा बाँकी अवधिको लागि निर्वाचन गर्ने, कम्पनीले लिएको लिने कर्जा अनुमोदन गर्ने, तल्लो इन्द्रावति जलविद्युत आयोजना, लिखु जलविद्युत आयोजना, (उज्यालो इनर्जी सोल्युशन), तल्लो इर्खुवा जलविद्युत आयोजना,मध्य त्रिशुली गंगा जलविद्युत आयोजनामा गरिएको लगानी अनुमोदन गर्ने, हकप्रद सेयरबाट प्राप्त रकमको अन्तिम बाँडफाँडको अनुमोदन गर्ने र कार्यकारी सञ्चालकको तलब भत्ता तथा सुबिधा अनुमोदन गर्ने प्रीतावहरु समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                