मंगलवार, आश्विन २८,२०८२ 03:32:58
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 03:32:58
IME remit
Global IME Bank Limited

एनएमबि बैंकले गर्यो लाभांश नदिने निर्णय, अग्राधिकार सेयर जारी गर्ने प्रस्तावसहित डाक्यो एजीएम

Hyundai Nepal
एनएमबि बैंकले गर्यो लाभांश नदिने निर्णय, अग्राधिकार सेयर जारी गर्ने प्रस्तावसहित डाक्यो एजीएम
Shivam Cement

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले साधारण सभा डाकेको छ । बैंकको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २९ औं साधारण सभा डाकेको हो ।  

उक्त सभा पुस २५ गते आयोजना हुनेछ । बैंकले गत आवका लागि कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेकाले उक्त सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुने छैन ।  

Shivam Cement
Bizshala
CG Motors

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रति सेयर रु. १०० अंकित दरका रु. ३ अर्बबराबरको ‘एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने, अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भए पश्चात बैंकको पूँजी वृद्धि गर्नुपर्ने भएकोले बैंकको हालको अधिकृत पूँजी  २० अर्ब रहेकोमा सोलाई वृद्धि गरि २५ अर्ब मात्र पुर्याउने प्रस्ताव पारित गर्ने र अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भए पश्चात बैंकको हाल कायम जारी तथा चुक्ता १८ अर्ब ३६ करोड ६७ लाख ५ हजारलाई बृद्धि गरि २१ अर्ब ३६ करोड ६७ लाख ५ हजार  पुर्याउने विशेष  प्रस्ताव पारित गरिनेछ ।  

Muktinath Bikas Bank Limited

यस्तै सभामा गत आवको वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय बैंकले गरेको छ ।  

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.