एनएमबि बैंकद्वारा लाभांश बुझ्न सेयरधनीहरुलाई आग्रह
काठमाण्डौ। एनएमबि बैंक लिमिटेडले पाँच वर्षदेखि नबुझि लिन बाँकी लाभांश रकम सम्बन्धित सेयरधनी वा निजका हकवालाले यथाशीघ्र दाबी गर्न आग्रह गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो ।बैंकले कम्पनी ऐन, २०६३ तथा लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७३ बमोजिम लाभांश वितरण गर्ने निर्णय भएको मितिले पाँच वर्षसम्म पनि दाबी नगरिएको लाभांश...

