आईतवार, असार २२,२०८२ 05:37:19
  • आईतवार, असार २२,२०८२ 05:37:19
Global IME Bank Limited

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १ गतेदेखि ऋणपत्र निष्कासन गर्ने, कति पाइन्छ ब्याज ?

Hyundai Nepal
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १ गतेदेखि ऋणपत्र निष्कासन गर्ने, कति पाइन्छ ब्याज ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आगामी फागुन १ गतेदेखि ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार कित्ता भएको १० वर्षे अवधिको ‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात २४ लाख २४ हजार इकाइ व्यक्तिगत तवरबाट(५ प्रतिशत अर्थात ८० हजार ८ सय इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोसहित) र बाँकी ४० प्रतिशत अर्थात १६ लाख १६ हजार इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ।  

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १५ गते बैंकिङ समयपछि हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज प्राप्त गर्नेछन् ।  

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।      

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.