बुधबार, मंसिर २,२०८३ 02:02:16
  • बुधबार, मंसिर २,२०८३ 02:02:16
Global IME Bank Limited

राष्ट्र बैंकले कमायो साढे ८३ अर्ब नाफा, सरकारको ढुकुटीमा ४२ अर्ब जाने

Bizshala
राष्ट्र बैंकले कमायो साढे ८३ अर्ब नाफा, सरकारको ढुकुटीमा ४२ अर्ब जाने
New Office

 

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ८३ अर्ब ५६ करोड ९४ लाख ७६ हजार रुपैयाँ खुद आय आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३ दशमलव ८४ प्रतिशतले बढी हो।

राष्ट्र बैंकले आर्जन गरेको खुद आयबाट कानुनबमोजिम विभिन्न कोषमा रकम छुट्याएपछि बाँकी रहेको ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई वितरण गर्ने भएको छ।

राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा बैंकको खुद आय ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रुपैयाँ रहेको थियो। त्यसको तुलनामा गत आर्थिक वर्षमा खुद आय करिब ३ अर्ब ९ करोड रुपैयाँले बढेको हो।

राष्ट्र बैंकको आम्दानी वृद्धिमा ब्याज आम्दानीको महत्त्वपूर्ण योगदान देखिएको छ। गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ८ दशमलव ६३ प्रतिशतले बढेर ९४ अर्ब ५६ करोड ४९ लाख ७४ हजार रुपैयाँ पुगेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यद्यपि विदेशी विनिमय खरिदबिक्रीबाट हुने आम्दानी भने ऋणात्मक देखिएको छ। समीक्षा अवधिमा यस्तो आम्दानी २ अर्ब १३ करोड ८८ लाख ४० हजार रुपैयाँले ऋणात्मक रहेको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी राष्ट्र बैंकको अन्य आम्दानी बढेर १ अर्ब ४९ करोड ५८ लाख ९३ हजार रुपैयाँ कायम भएको छ।

राष्ट्र बैंकले सरकारलाई वितरण गर्ने ४२ अर्ब रुपैयाँले सरकारी राजस्व तथा गैरकर आम्दानी व्यवस्थापनमा सहयोग पुग्ने देखिएको छ। विशेषगरी बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनिरहेका बेला केन्द्रीय बैंकबाट प्राप्त हुने उक्त रकम सरकारका लागि महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

Garima Development Bank
Bizshala
IME remit

राष्ट्र बैंक नाफा कमाउने उद्देश्यले स्थापना गरिएको संस्था नभएकाले उसले आर्जन गर्ने नाफालाई औपचारिक रूपमा 'खुद आय' र सरकारलाई दिने रकमलाई 'आय वितरण' भन्ने गरिन्छ।

केन्द्रीय बैंकले आर्जन गरेको आम्दानीबाट कानुनअनुसार आवश्यक कोषहरूमा रकम विनियोजन गरेपछि बाँकी रकम सरकारलाई हस्तान्तरण गर्ने व्यवस्था छ। यसअनुसार राष्ट्र बैंकको गत आर्थिक वर्षको खुद आयमध्ये करिब आधा रकम सरकारी ढुकुटीमा जाने भएको हो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.