बुधबार, मंसिर २,२०८३ 01:50:20
  • बुधबार, मंसिर २,२०८३ 01:50:20
Global IME Bank Limited

एन्टिबायोटिक औषधिको प्रभाव घट्दै जाँदा सामान्य संक्रमणको उपचार जटिल बन्न सक्ने - स्वास्थ्य मन्त्री निशा मेहता

Bizshala
एन्टिबायोटिक औषधिको प्रभाव घट्दै जाँदा सामान्य संक्रमणको उपचार जटिल बन्न सक्ने - स्वास्थ्य मन्त्री निशा मेहता
New Office

 

काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिजैविक औषधिप्रतिको प्रतिरोध क्षमता बढ्दै जानु जनस्वास्थ्यका लागि गम्भीर चुनौती बन्दै गएको भन्दै यसको नियन्त्रणमा सबै क्षेत्रको साझा प्रयास आवश्यक रहेको बताएकी छन्।

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२६ का अवसरमा भिडियो सन्देश जारी गर्दै मन्त्री मेहताले प्रतिजैविक प्रतिरोध (एएमआर) मानव स्वास्थ्यमा मात्रै सीमित नभई पशु स्वास्थ्य, कृषि, खाद्य प्रणाली र वातावरणसँग समेत प्रत्यक्ष जोडिएको बहुक्षेत्रीय समस्या भएको उल्लेख गरेकी हुन्।

उनले एन्टिबायोटिकलगायत प्रतिजैविक औषधिको प्रभावकारिता घट्दै जाँदा सामान्य संक्रमणको उपचारसमेत जटिल बन्न सक्ने चेतावनी दिइन्। औषधिको अनावश्यक तथा अनुचित प्रयोगले सूक्ष्मजीवमा प्रतिरोध क्षमता विकास हुने र यसबाट मानव तथा पशु स्वास्थ्यमा गम्भीर असर पुग्ने उनको भनाइ छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपालमा विशेषगरी टाइफाइड, क्षयरोग, मलेरिया, श्वासप्रश्वाससम्बन्धी संक्रमण तथा अस्पतालमा हुने संक्रमणका कारक सूक्ष्मजीवमा औषधि प्रतिरोधको समस्या बढ्दै जानु चिन्ताजनक रहेको मन्त्री मेहताले बताइन्।

उनका अनुसार प्रतिजैविक प्रतिरोध नियन्त्रणका लागि सरकारले राष्ट्रिय कार्ययोजना तयार पार्नुका साथै विभिन्न नीतिगत तथा कार्यक्रमगत पहल अघि बढाएको छ। यद्यपि यसको प्रभावकारी रोकथामका लागि सरकारी प्रयास मात्रै पर्याप्त नहुने भएकाले स्वास्थ्य संस्था, चिकित्सक, औषधि व्यवसायी, पशु स्वास्थ्यकर्मी तथा सर्वसाधारणबीच समन्वय आवश्यक रहेको उनले जोड दिइन्।

मन्त्री मेहताले चिकित्सकको सल्लाहबिना आफूखुसी एन्टिबायोटिक औषधि सेवन नगर्न नागरिकलाई आग्रह गरेकी छन्। साथै स्वास्थ्यकर्मीलाई आवश्यक अवस्थामा मात्रै प्रतिजैविक औषधि प्रयोग गर्न तथा संक्रमण रोकथामका लागि खोप, व्यक्तिगत सरसफाइ र नियमित हात धुने अभ्यासलाई प्राथमिकता दिन सुझाव दिइन्।

Garima Development Bank
Bizshala
IME remit

प्रतिजैविक प्रतिरोध बढ्दै जाँदा विगतमा सजिलै निको हुने संक्रमणको उपचार कठिन बन्ने, उपचार अवधि लम्बिने तथा बिरामीको आर्थिक बोझसमेत बढ्न सक्ने जोखिम रहन्छ।

हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म मनाइने विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ।

यस वर्षको सप्ताह ‘एक स्वास्थ्य एक अभियान : प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने नाराका साथ सञ्चालन भइरहेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.