काठमाडौँ । तराई–मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङमार्ग आज ‘ब्रेक थ्रु’ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सुरुङको ब्रेक थ्रु गर्ने तयारी गरिएको छ ।
राष्ट्रपति पौडेल बिहान साढे ९ बजे हेलिकप्टरमार्फत महादेवटार पुग्ने कार्यक्रम छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारमा समानान्तर दुईवटा सुरुङ निर्माण भइरहेका छन् ।
द्रुतमार्गमा निर्माणाधीन सात सुरुङमध्ये महादेवटार सडकतर्फको नेपालकै सबैभन्दा लामो सुरुङ हो । यसको लम्बाइ ३.४४५ किलोमिटर रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।