काठमाण्डौ । एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट हवाई टिकट किन्दा विशेष छुट पाइने भएको छ । एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट हवाई टिकट काट्दा १०% क्यास ब्याक(अधिकतम रु. ५०० सम्म) दिने घोषणा गरेको हो ।
चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने अभिप्रायले यो अफर घोषणा गरेको जनाएको छ । यो अफर छठ सम्मको लागि लागू हुनेछ । जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।