बिहीबार, असार ११,२०८३ 10:12:05
Bizshala
  • बिहीबार, असार ११,२०८३ 10:12:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनएमबि बैंकको कन्सोर्टियम लिडमा बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी हुने

Laxmi Sunrise Bank Limited
एनएमबि बैंकको कन्सोर्टियम लिडमा बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी हुने

काठमाण्डौ । एनएमबि बैंक लिमीटेड, कृषि विकास बैंक लिमीटेड, तथा बज्र इनर्जी भेञ्चर्स प्रा.लि.बीच २४.८ मेगावाट क्षमताको कास्की जिल्ला,  मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋणलगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । 

New Office
CG Motors
Garima Development Bank

यस आयोजनामा एनएमबि बैंकको अगुवाई रहनेछ । २४.८ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत आयोजनाको करिब लागत रु.५ अर्ब ३५ करोड रहने जानकारी गराईएको छ भने बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रु. ३ अर्ब ७४ करोड ५० लाख रहनेछ । एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरी, सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमीटेडबाट कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रबद्र्वित २५ मेगावाट क्षमता रहेको सेतीनदी जलविद्युत आयोजना वि.सं. २०८१ साल कार्तिक २७ गते मध्यान्ह १२ बजेदेखि व्यापारिक उत्पादन सुरु भएको जानकारी गराइयो । उक्त आयोजना एनएमबि बैंकको अगुवाईमा कर्मचारी सञ्चयकोष तथा कृषि विकास बैंकले ऋण लगानी गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.