शुक्रबार, फाल्गुन ८,२०८२ 04:05:47
Bizshala
  • शुक्रबार, फाल्गुन ८,२०८२ 04:05:47
Bizshala
Global IME Bank Limited

एनएमबि बैंकद्वारा सफ्टपोस सेवा सुरू, स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने

एनएमबि बैंकद्वारा सफ्टपोस सेवा सुरू, स्मार्टफोनबाटै कार्ड भुक्तानी लिन सकिने
Shivam Cement

काठमाण्डौ । एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस (SoftPOS)सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाएको छ । कुनै पनि एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिनेछ ।

यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरुबाट साना तथा मझौला उद्यम र टुर्सिम उद्यमहरू लगायत अन्य व्यवसायीहरुले मोबाइलमै भुक्तानी स्वीकार गर्न सक्नेछन् ।  यस सेवाको प्रयोगले व्यवसायीलाई पोस मेसिनको झन्झटबिनै डिजिटल भुक्तानी लिन सक्ने सुविधा दिनेछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सफ्टपोसको प्रयोगबाट साना व्यापारी, डेलिभरी सेवालगायत टाढा ग्रामीण क्षेत्रका उद्यमीहरूलाई समेत डिजिटल भुक्तानी प्रणालीमा सहभागी गराउने लक्ष्य लिएको एनएमबि बैंकले जनाएको छ ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भने, ‘सफ्टपोस सेवा केवल नयाँ प्रविधि होइन, यो नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको ठुलो पाइला हो । हरेक व्यापारीको खल्तीमा भएको मोबाइल नै अब भुक्तानी टर्मिनल बन्नेछ, र व्यवसाय सञ्चालन थप सजिलो र सुरक्षित हुनेछ ।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सफ्टपोसले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड अनुरूप काम गर्ने हुँदा व्यापारी र ग्राहक दुवैका लागि सुरक्षित र सरल भुक्तानी सुनिश्चित हुने बैंकले जनाएको छ ।

एनएमबिबैंकले हाल देशभरी २०२ शाखाहरु, १८४ एटीएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.