सोमबार, असार २,२०८२ 03:17:10
  • सोमबार, असार २,२०८२ 03:17:10
Global IME Bank Limited

एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस

Hyundai Nepal
एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस
Nabil Bank Limited

काठमाण्डौ । एनएमबि बैंकले एमएसएमई दिवस मनाएको छ । अन्तराष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरुलाई सम्मान र सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो ।  

कार्यक्रममा बैंकका विभिन्न शाखाहरुका ८ सयभन्दा बढी ग्राहकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एमएसएमई ग्राहकहरुलाई लेखा,वित्त,मार्केटिङ,डिजिटलाइजेशन जस्ता विषयहरुको जानकारी दिदै यसबाट अधिकतम फाइदा लिएर व्यवसाय अभिवृद्धि गर्नको लागि उत्प्रेरित गरिएको थियो । ग्राहकहरुबीच एक आपसमा सम्बन्ध जोड्न र उनीहरुको व्यवसाय प्रवद्र्धन गर्नका लागि बैंकले सहजिकरण गर्दै ग्राहकहरुलाई उनीहरुको व्यवसायमा आईरहेका विभिन्न समस्याहरु समाधान गर्नको लागि सुझाव दिइएको थियो । साथै,उपस्थित केहि ग्राहकहरुले आफ्नो सफलताको कथाहरु समेत सुनाएका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एमएसएमई तथा अन्य प्राथमिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आईरहेको बैंकले एमएसएमई दिवस विगत ३ वर्षदेखि मनाउँदै आईरहेको छ । यस्ता कार्यक्रममा उपस्थित ग्राहकहरुले प्रतिस्पर्धात्मक बजारमा आफूलाई शसक्त बनाएर आफ्नो व्यापार व्यवसाय बढाउने समेतको आत्मविश्वास बैंकले प्रदान गरेको जनाएको छ ।  

एनएमबि बैंकले देशभर रहेका आफ्ना २०१ शाखा,१८८ एटीएम र ११ वटा एक्सटेन्सन काउन्टरहरुमार्फत बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.