बिहीबार, श्रावण २१,२०८३ 07:36:23
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 07:36:23
Bizshala
Global IME Bank Limited

एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस

एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस
New Office

काठमाण्डौ । एनएमबि बैंकले एमएसएमई दिवस मनाएको छ । अन्तराष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरुलाई सम्मान र सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो ।  

कार्यक्रममा बैंकका विभिन्न शाखाहरुका ८ सयभन्दा बढी ग्राहकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एमएसएमई ग्राहकहरुलाई लेखा,वित्त,मार्केटिङ,डिजिटलाइजेशन जस्ता विषयहरुको जानकारी दिदै यसबाट अधिकतम फाइदा लिएर व्यवसाय अभिवृद्धि गर्नको लागि उत्प्रेरित गरिएको थियो । ग्राहकहरुबीच एक आपसमा सम्बन्ध जोड्न र उनीहरुको व्यवसाय प्रवद्र्धन गर्नका लागि बैंकले सहजिकरण गर्दै ग्राहकहरुलाई उनीहरुको व्यवसायमा आईरहेका विभिन्न समस्याहरु समाधान गर्नको लागि सुझाव दिइएको थियो । साथै,उपस्थित केहि ग्राहकहरुले आफ्नो सफलताको कथाहरु समेत सुनाएका थिए ।  

एमएसएमई तथा अन्य प्राथमिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आईरहेको बैंकले एमएसएमई दिवस विगत ३ वर्षदेखि मनाउँदै आईरहेको छ । यस्ता कार्यक्रममा उपस्थित ग्राहकहरुले प्रतिस्पर्धात्मक बजारमा आफूलाई शसक्त बनाएर आफ्नो व्यापार व्यवसाय बढाउने समेतको आत्मविश्वास बैंकले प्रदान गरेको जनाएको छ ।  

एनएमबि बैंकले देशभर रहेका आफ्ना २०१ शाखा,१८८ एटीएम र ११ वटा एक्सटेन्सन काउन्टरहरुमार्फत बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.