बुधबार, भाद्र १८,२०८२ 02:59:55
  • बुधबार, भाद्र १८,२०८२ 02:59:55
Global IME Bank Limited

एनएमबि बैंकद्वारा अमर जैन विद्यालयमा स्कुल ब्याग र ह्वाटर डिस्पेन्सर हस्तान्तरण

Hyundai Nepal
एनएमबि बैंकद्वारा अमर जैन विद्यालयमा स्कुल ब्याग र ह्वाटर डिस्पेन्सर हस्तान्तरण
Shivam Cement

काठमाण्डौ । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको लालबन्दी–५ मा अवस्थित अमर जैन विद्यालमा आयोजना गरिएको एक कार्यक्रमबीच विद्यार्थीहरुलाई स्कुल ब्याग र ह्वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक उन्नयनलाई सहयोग पुर्याउने आफ्नो प्रतिबद्धता अनुरूप यो कार्यक्रम आयोजना गरेको हो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंकले शिक्षालाई दिगो विकासको आधारशिला मान्दै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको पहुँच पुर्याउन सहयोग गर्ने लक्ष्य राखेको जनाएको छ । यस पहलले विद्यालयको शैक्षिक वातावरणलाई अझ सुदृड बनाउनुका साथै विद्यार्थीहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा लालबन्दी वडा नं. ५ का वडाध्यक्ष रामप्रसाद ढुंगेलको प्रमुख आतिथ्य रहेको थियो । उनले एनएमबि बैंकको यस पहलको प्रशंसा गर्दै यस्ता कार्यहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।  

त्यस्तै, एनएमबि बैंकका तर्फबाट मधेश प्रदेश प्रमुख दीपेन्द्र कुमार मिश्र र लालबन्दी शाखाका प्रबन्धक अरुण आचार्यको विशेष उपस्थिति रहेको थियो । उनीहरुले बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । 

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.