काठमाण्डौ। एनएमबि बैंक लिमिटेडले पाँच वर्षदेखि नबुझि लिन बाँकी लाभांश रकम सम्बन्धित सेयरधनी वा निजका हकवालाले यथाशीघ्र दाबी गर्न आग्रह गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो ।
बैंकले कम्पनी ऐन, २०६३ तथा लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७३ बमोजिम लाभांश वितरण गर्ने निर्णय भएको मितिले पाँच वर्षसम्म पनि दाबी नगरिएको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानूनी व्यवस्था रहेको जनाउँदै लाभांश बुझिलिन आग्रह गरेको हो ।
सोही व्यवस्थाअनुसार आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ (साबिक कञ्चन डेभलपमेन्ट बैंकसमेत) तथा सोभन्दा अघिल्ला आर्थिक वर्षहरूको लाभांश रकम अझै बुझ्न बाँकी रहेका सेयरधनी वा हकवालाले बैंकको सेयर रजिष्ट्रार एनएमबी क्यापिटल लिमिटेडमा सम्पर्क गरी आफ्नो लाभांश बुझ्न बैंकले अनुरोध गरेको छ।
बैंकका अनुसार सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र सम्बन्धित सेयरधनीले लाभांश दाबी नगरेमा प्रचलित कानुनअनुसार उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिनेछ।
साथै, लाभांश लिन बाँकी रहेका सेयरधनीहरूको नामावली बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।