बिहीबार, आश्विन १,२०८३ 11:25:23
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 11:25:23
Bizshala
Global IME Bank Limited

लाभांश पारित गर्न एनएमबि बैंकले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न एनएमबि बैंकले डाक्यो एजीएम, बुक क्लोज कहिले ?
New Office

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले साधारण सभा डाकेको छ । बैंकको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ३० औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा पुस २४ गते काठमाण्डौमा अवस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा बैंकको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

Shivam Cement
Bizshala
CG Motors

यस्तै बैंकको वर्तमान जारी पूँजी २१ अर्ब ३६ करोड ६७ लाखलाई वृद्धि गरि २२ अर्ब २८ करोड ५० लाख पुर्याउने विशेष  प्रस्ताव समेत पारित गरिनेछ ।  

यस्तै सभामा गत आवको वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि बैंकले पुस ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै बैंकको सभामा सहभागी हुन र लाभांश पाउनका लागि योग्य हुनेछन् ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.