काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । गत माघ २४ गतेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थाको ९ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो ।
संस्थाले सेयरधनीहरुलाई गत आर्थिक वर्षका लागि लाभांश नदिने निर्णय गरेकाले उक्त सभामा लाभांश सम्बन्धि कुने प्रस्ताव पेश गरिने छैन । सभामा एक वा एकभन्दा बढी लघुवित्तसँग गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले गत फागुन ४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ ।