काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको चौथो वार्षिक साधारण सभा आगामी मंसिर १० गते आयोजना गर्ने हुने भएको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त सभा काठमाण्डौको थापागाउँमा रहेको काठमाण्डौ ब्याङक्वेटमा बिहान १०.३० बजेदेखि सुरु हुने छ । सभामा आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ ।
यस्तै आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तिय विवरणहरु उपर छलफल गरि सो लाई पारित गर्ने, आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
कम्पनीको तेस्रो वार्षिक साधारण सभामा भाग लिने प्रयोजनको लागि कम्पनीको बुक क्लोज कात्तिक २८ गते एक दिनका लागि बन्द रहनेछ । यसर्थ कात्तिक २७ गतेसमम नेप्सेमा कारोबा।र भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त सभामा सहभागी हुन पाउनेछन् ।