नेपाल रिपब्लिक मिडियाको कम्पनी सचिवमा देवकोटा नियुक्त
काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको कम्पनी सचिवमा मनुजा देवकोटा नियुक्त भएकी छन् । पुस २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले देवकोटालाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

