काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेड घाटा कम गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५२ लाख २६ हजार रुपैयाँ घाटा व्यहोरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५७.४१ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १ करोड २२ लाख रुपैयाँ घाटामा थियो ।
तेस्रो त्रैमाससम्म कम्पनीको खुद आम्दानीमा भने ३०३.२४ प्रतिशतको उछाल आएको छ । कम्पनीले यो अवधिसम्म ९ करोड १६ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीको खुद आम्दानी २ करोड २७ लाख रुपैयाँमा सीमित थियो । कम्पनीको प्रशासनिक खर्च ४ करोड २४ लाख र बिक्री तथा वितरण खर्च १ करोड ८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ ५१ करोड ५० लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको अल्पकालिन कर्जा ७ करोड ३८ लाख र दीर्घकालिन कर्जा २२ करोड ८ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ९६ करोड ७५ लाख रुपैयाँ छ । कम्पनीको कुल चालु सम्पत्ति ६४ करोड २५ लाख र कुल चालु दायित्व १८ करोड ६५ लाख रुपैयाँ छ ।