आईतवार, बैशाख ६,२०८३ 05:56:00
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:56:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल रिपब्लिक मिडिया हाउसको नेटवर्थ रु.८८.७० मा सीमित: नाफा दयनीय अवस्थामा, इपीएस घटेर १५ पैसामा सीमित

Bizshala
नेपाल रिपब्लिक मिडिया हाउसको नेटवर्थ रु.८८.७० मा सीमित: नाफा दयनीय अवस्थामा, इपीएस घटेर १५ पैसामा सीमित
Shivam Cement

काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया हाउसको प्रतिसेयर नेटवर्थ प्रतिसेयर अंकित मूल्य रु. १०० भन्दा तल झर्ने क्रमले निरन्तरता पाएको छ ।  

प्रिमियममा आईपीओ निश्कासन गरी सेयर बजारमा सूचीकृत यो कम्पनीको नाफा घटेको छ भने प्रतिसेयर आम्दानी पनि दयनीय अवस्थामा रहेको छ ।  

आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ८८.७० रुपैयाँ कायम भएको हो । अघिल्लो वर्षको यही अवधिको तुलनामा भने नेटवर्थ ११ पैसाले बढेको छ । 

कम्पनीको रिटेन्ड अर्निंग ५० करोड ६६ लाखले नेगेटिभ छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रतिसेयर आम्दानी अघिल्लो वर्षको २१ पैसाबाट घटेर १५ पैसामा सीमित बन्न पुगेको छ ।  

यो कम्पनीले समीक्षा अवधिमा १८ करोड ७ लाख ३१ हजार आम्दानी गरेकोमा ८ करोड ७ लाख ७६ हजार रुपैयाँ बिक्रीबापत(सेल्स) खर्च गरेको छ । जसअनुसार ग्रस इनकम ९ करोड ९९ लाख ५५ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कस्ट अफ सेल्स ६ करोड ५ लाख रुपैयाँ मात्र रहँदा ग्रस इनकम १२ करोड हाराहारी थियो ।  

कम्पनीले अघिल्लो वर्ष ५ करोड ६५ लाख रुपैयाँ रहेको प्रशासनिक खर्च घटाएर ५ करोड २ लाखमा सीमित गरेको छ भने  करपछिको नाफा १४ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको छ । ९६ करोड ७५ लाख रुपैयाँ चुक्तापूँजी भएको यो कम्पनीको गत वर्षको यही अवधिको नाफा २० लाख ७२ हजार रुपैयाँ थियो । यसरी गत वर्ष दयनीय अवस्थामा रहेको नाफा यो वर्ष झनै दयनीय बन्न पुगेको देखिन्छ । 

CG Motors
Garima Development Bank
IME remit

कम्पनीले आफ्नो डिजीटल मिडियाको स्तरोन्नति गर्दै जाने र यसमा नयाँ प्रविधि अपनाई व्यापार बढाउने दाबी गरे पनि पछिल्लो कालमा आन्तरिक समस्याले थलिएको यो मिडिया हाउसमा तत्काल संस्थागत सुशासनमा सुधार आउने, व्यापार बढिहाल्ने वा आम्दानी समेत वृद्धि भइहाल्ने आधार चाहिँ  देखिन्न।  

कम्पनीले आफ्नो वित्तीय विवरणमा आन्तरिक समस्या नरहेको स्वघोषणा गरेको छ । तर यहाँ कार्यरत श्रमजिवी कर्मचारीहरुले महिनौदेखि तलब भुक्तानी नपाएका हालसालैको घटना सार्वजनिक भएको थियो । पत्रकार तथा श्रमजिवीहरुले त्यहाँ बेला बेला तलब तथा सेवासुविधाको नियमित भुक्तानी नभएको भन्दै आन्दोलन र प्रदर्शन नै गर्दै आएका छन् । यो विषयलाई कम्पनीले आफ्नो रिपोर्टमा उल्लेख नगरेका कारण बाँकी विषयमा देखाइएका कतिपय तथ्यहरु समेत भरपर्दा छन् भनेर अनुमान लगाउन गाह्रो देखिन्छ ।  

*यसअघिको समाचारको हेडलाइनमा सामान्य परिवर्तन गरिएको छ।

-सम्पादक

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.