काठमाण्डौ। नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले लगानीमा जोड दिने बताएका छन् । नेपाल बैंकको ८८औं वार्षिकोत्सब समारोहमा बोल्दै सीइओ पाण्डेयले आगामी पुस मसान्तसम्ममा लगानीको वातावरण राम्रो बनाउने बताए ।
बैंकिङ क्षेत्रमा देखिएको तरलतालाई मध्यनजर राख्दै बैंकले कर्जा लगानीसँगै बैंकको लगानीको वातावरण बनाउने उनले बताए । ‘पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता धेरै छ नेपाल बैंकले अब कर्जा लगानीको दायरा बढाउने छ’ उनले भने, ‘साथै बैंकले आफ्नो लगानी समेत विस्तार गर्नेछ । बैंकको कृषि हाइड्रो र पर्यटन छेत्रमा राम्रो लगानी छ । यहि क्षेत्र लगानी अझै बढाएर अघि बढ्नेछौ ।’
यसका साथै, नेपालको लोडसेडिङको अन्त्य गर्न बैंक वित्तीय संस्थाको ठूलो हात रहेको पाण्डेयले दाबी गरे । ‘हामीले हाइड्रो प्रोजेक्ट संचालनको लागी फाइल राखेर लोन प्रवाह गरेका छौं यसकारण नेपालको लोडसेडिङको अन्त्यमा हाम्रो पनि ठूलो हात छ’ उनले भने, ‘नेपाल बैंकमा जनशक्ति राम्रो छ लगानीको दायरा बढाएर बैंकको नाफामा पनि सुधार आउनेछ।’