बिहीबार, चैत्र २१,२०८१ 02:39:42
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:39:42
IME remit
Global IME Bank Limited

उन्नति सहकार्य लघुवित्तको साधारण सभा र बुक क्लोज मिति तय

Hyundai Nepal
उन्नति सहकार्य लघुवित्तको साधारण सभा र बुक क्लोज मिति तय
Nabil Bank Limited

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २६ गते साधारण सभा आयोजना गर्ने भएको छ । माघ ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको १० औं साधारण सभा भैरहवामा रहेको होटल सनस्टार इन्टरनेशनलमा बिहान १० बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।  

सभामा लाभांशसँग सम्बिन्धत कुनै पनि प्रस्ताव समावेश गरिएको छैन । सभामा संस्थाले भविष्यमा अन्य कुनै उपयुक्त वित्तीय संस्थालाई गाभ्ने÷गाभिने वा प्राप्ति प्रयोजनका लागि उपयुक्त देखिएमा सोसँग सम्बिन्धत सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात नाफा÷नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

यस्तै लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र ४ जना संस्थापक र २ जना सर्बसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ माघ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन र लाभांश पाउन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.