मंगलवार, बैशाख ८,२०८३ 07:19:35
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 07:19:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कम्पनी भन्छ ‘दादागिरीले साधारणसभा गर्न सकिएन’, सेयरधनी भन्छन्, ‘विशेष साधारण सभा डाकेर कम्पनी अघि बढाउँछौं’

Bizshala
कम्पनी भन्छ ‘दादागिरीले साधारणसभा गर्न सकिएन’, सेयरधनी भन्छन्, ‘विशेष साधारण सभा डाकेर कम्पनी अघि बढाउँछौं’
Shivam Cement

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले केही अराजक समूहको गतिविधिको कारण आजको लागि बोलाइएको साधारणसभा स्थगित भएको जनाएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

केही लगानीकर्ताले सेयरधनीहरु, रजिष्ट्रार कार्यालयका कर्मचारी, कम्पनीका पदाधिकारी, निर्वाचन अधिकृतलाई दादागिरी शैलीमा धाकधम्की दिई साधारण सभाको नियमित काम कारवाही शुरु गर्न अवरोध गरेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीको २०८२ पुस ३ गतेको सञ्चालक समितिको बैठकले २०८२ पुस २८ गते कम्पनीको १९ औं साधारणसभा गर्ने निर्णय गरेको थियो। सो दिन गणपूरक संख्या नपुगेकोले आज माघ ८ गते पुनः साधारणसभा बोलाईएको थियो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीका अनुसार आजको साधारण सभा शुरु हुनभन्दा अघि केही व्यक्तिहरुको अराजक समूहले साधारण सभा स्थल तथा सभा हल कब्जा गरी सेयरधनी उपस्थिति पुस्तिकामा हाजिर गर्न नदिई सेयरधनीहरु, रजिष्ट्रार कार्यालयका कर्मचारी, कम्पनीका पदाधिकारी, निर्वाचन अधिकृतलाई दादागिरी शैलीमा धाकधम्की दिई साधारण सभाको नियमित काम कारवाही शुरु गर्न अवरोध पुर्याएका थिए । यस किसिमका अराजक गतिविधिका कारण उक्त साधारण सभा शुचारू गर्न नसकिएको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार उक्त साधारण सभामा प्रोक्सी दर्ता गरेका सेयधनीहरुलाई निर्वाचन अधिकृतले रद्द भएको प्रोक्सीको विवरण भरपाई गरी लिनुहोस् भनि अनुरोध गरेकोमा साधारण सभा स्थल मै प्रोक्सी प्रमाणित गर्नुपर्छ, सेयर रजिष्ट्रार र निर्वाचन अधिकृतले प्रमाणित गरेको प्रोक्सिलाई हामी मान्दैनौ भनि कम्पनीका कर्मचारीहरु माथी हातपातसम्मको प्रयास भएको थियो ।

CG Motors
Garima Development Bank
IME remit

यस्तो अवस्थामा वार्षिक साधारण सभा सञ्चालन असम्भव भएको हुनाले सञ्चालक समितिको निर्णय बमोजिम आजको साधारणसभा स्थगित गरिएको कम्पनीले जनाएको छ । साधारण सभामा भएको यस किसिमको अराजक गतिविधीप्रति कम्पनीको सञ्चालक समितिले खेद प्रकट गरेको छ ।

उता कम्पनीका सेयरधनीहरुले भने विशेष साधारण सभा आयोजना आह्वान गरी कम्पनीलाई अघि बढाउने बताएका छन् । सर्वसाधारण सेयरधनीहरुको समूहले एक विज्ञप्ती जारी गर्दै दुईपटक साधारण सभा रद्द भएकोमा मर्माहत भएको बताएका छन् । ‘ अब हामी सबै सर्वसाधारण सेयरधनीहरु एकताबद्ध भई कानून बमोजिम विशेष साधारण सभा आह्वान गरी कम्पनीलाई अघि बढाउने प्रण गर्दछौं,’ सेयरधनीहरुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.