मंगलवार, कार्तिक ३,२०८३ 02:14:45
  • मंगलवार, कार्तिक ३,२०८३ 02:14:45
Global IME Bank Limited

अपि पावरले अपार्टमेन्ट पनि बनाउने, ४ कम्पनीमा लगानी गर्ने प्रस्ताव अनुमोदन

Bizshala
अपि पावरले अपार्टमेन्ट पनि बनाउने, ४ कम्पनीमा लगानी गर्ने प्रस्ताव अनुमोदन
New Office

काठमाण्डौ । केही महत्वपूर्ण अजेण्डा पारित गर्दै अपि पावर कम्पनीको साधारण सभा आइतबार(कात्तिक ११ गते) सम्पन्न भएको छ ।  

लाभांश घोषणाका कारण विवादमा तानिएको यो कम्पनीको काठमाण्डौको गौशालाको होटल क्रिष्टल पशुपतिमा बसेको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत छलफल गर्दै पारित गरेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरुलाई सेयरधनीहरु सामु छलफल गर्दै पारित गरेको छ।

सभाले विशेष प्रस्तावको रुपमा कम्पनीको आर्थिक वर्ष २०८०/०८१ सम्मको जगेडा कोष तथा सेयर प्रिमियमबाट प्राप्त मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै यस अगाडि घोषणा भएको ९.५१३५ प्रतिशतबाट बाँकी रहेको ४.२५०३ प्रतिशतले हुने रकम कम्पनीको जगेडा कोष कायम रहने पनि कम्पनीका अध्यक्ष सिर्जना खड्काले सभालाई जानकारी गराएकी थिइन। खड्काले यसो भने पनि कम्पनीलाई विद्युत नियमन आयोगले नै कृत्रिम नाफा देखाएर क्षमताभन्दा बढी लाभांश बाँड्न खोजेको भन्द्यै ९.५१३५ प्रतिशतको प्रस्ताव अस्वीकृत गरिदिएको थियो । सभामा अध्यक्ष खड्काको प्रयास सेयर बजारका लगानीकर्ताहरुमा लाभांशको विषयमा उठेको विवादका कारण कम्पनीको विषयमा परेको नकारात्मक छविलाई जसरी भए पनि सुधार्न खोजेकोजस्तो देखिन्थ्यो । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सभामा अपि पावरले सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा १०० प्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने प्रस्ताव पनि पेश गरेको थियो । उक्त कम्पनीले ललितपुरको झम्सिखेलमा अवस्थित ४३ इकाईसहितको ९ तल्ले आवासीय भवन  बनाउने कार्य अगाडि बढाइसकेको सो क्रममा बताइएको थियो ।  

यसबाहेक अपि पावरको बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गर्ने न्वागाड साना जलविद्युत आयोजना ९९.७(मे.वा.) निर्माण गर्ने प्रस्ताव पनि सभाले  पारित गरेको छ।

यस्तै ,अपि पावर कम्पनी लिमिटेडले  सुदुरपश्चिम प्रदेशमा रहेको  दार्चुला पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना ९२८.३(मे.वा.)निर्माण गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन गराएको छ।

यसबाहेक अपिको बहुमत लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजना ९११(मे.वा.)को निर्माण अन्तिम चरणमा रहेको र उक्त लगानी अनुमोदन गर्ने प्रस्ताव सभाले अनुमोदन गरिसकेको छ। सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको  छ।

यसैगरी, सभाले सर्वसाधारण सेयरधनीबाट ३ जना सञ्चालकमा मधुसुदन कोइराला, संजिव न्यौपाने र दुवारिका न्यौपानेलाई निर्वाीचत गरेको छ भने महिला संचालकमा सिर्जना खड्का नियुक्त भएकी छिन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.