अपि पावरको वित्तीय अवस्थामा उल्लेख्य सुधार, कुन सूचकमा देखियो कस्तो प्रगति ?
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको आम्दानी,नाफा र इपीएसलगायतका वित्तीय सूचकमा सुधार देखिएको हो । कम्पनीले यो अवधिसम्ममा विद्युत बिक्रीमार्फत ८५ करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.३८ प्रतिशतले बढी...