काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(माघ ११ गते) आयोजना हुँदैछ ।
कम्पनीको छैठौं साधारण सभा आज नक्सालमा रहेको आम्रपाली ब्यांकेटमा बिहान ११ बजे सुरु हुनेछ ।
उक्त सभामा अध्यक्षले प्रस्तुत गर्ने आव २०७८/७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा सोहि आवको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ ।
यसैगरी, सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचनको प्रस्ताव पारित गरिनेछ ।