काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा पुस ३० गते आयोजना हुने भएको छ । पुस ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम उक्त सभा पोखरामा रहेको होटल टास्क इन्टरनेशनलमा बिहान ९ बजेदेखि आयोजना हुनेछ ।
सभामा गत आवका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभाश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै सर्वसाधारण समूहको सेयर स्वामित्व ४५.४८ प्रतिशत र संस्थापकको ५४.५२ प्रतिशत कायम गर्ने र एक वा एकभन्दा बढी वित्तीय संस्थालाई गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
सभामा आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो । यसर्थ पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुमात्रै यो सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

