इम्पेयरमेन्ट चार्ज बढ्दा कालिका लघुवित्तको नाफा ७८.३६% ले घट्यो, इपीएस कति ?
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ४७ लाख १४ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ७८.३६ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म संस्थाले ६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।

