काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले दुई जना संस्थापक सेयरधनीहरुको नाममा रहेकोउक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ।
यस्तो आवेदन सूचना प्रकाशित भएको ३५ दिनभित्र दिनुपर्नेछ। तोकिएका मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।