सोमबार, श्रावण २५,२०८३ 09:10:11
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 09:10:11
Bizshala
Global IME Bank Limited

३०४% ले बढ्यो कालिका लघुवित्तको नाफा, ईपीएसमा पनि ३ गुणा बढीको बढोत्तरी

३०४% ले बढ्यो कालिका लघुवित्तको नाफा, ईपीएसमा पनि ३ गुणा बढीको बढोत्तरी
New Office

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो व्यवसायलाई विस्तार गर्दै वित्तीय अवस्था सुधार गरेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म अधिकांश वित्तीय सूचकहरुको अवस्थामा सकारात्मक परिवर्तन ल्याएको छ ।

संस्थाले उक्त अवधिसम्म आफ्नो नाफा ३०४.५९ प्रतिशतले बढाएको छ । संस्थाले चौथो त्रैमाससम्म १२ करोड २८ लाख १४ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्म संस्थाले ३ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

इम्पेयरमेन्ट चार्ज घट्नु र खुद ब्याज आम्दानी बढ्नु नाफा वृद्धिका मुख्य आधारहरु हुन् । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ५ करोड ३० लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा यस्तो रकम ६ करोड ३७ लाख थियो ।

यस्तै संस्थाको खुद ब्याज आम्दानी पनि ३५ करोड ६७ लाखबाट बढेर ४७ करोड ९ लाख पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ४८ करोड ९४ लाख र सञ्चालन मुनाफा १८ करोड १८ लाख रहेको छ ।

वितरणयोग्य मुनाफा ८ करोड ८२ लाख पुर्याएको संस्थाको लाभांश क्षमता १९.६८ प्रतिशत कायम भएको छ । अधिकांश सूचकमा प्रगति हासिल गरेको देखिएपनि संस्थाको खराब कर्जा अनुपात भने बढेको छ । अघिल्लो आवमा ८.२७ प्रतिशत रहेको संस्थाको खराब कर्जा अनुपात बढेर ९.७८ प्रतिशत पुगेको छ ।

संस्थाको पूँजीकोष अनुपात ११.६७ प्रतिशत, कस्ट अफ फण्ड ६.०१ प्रतिशत र सिडी रेसियो ११४.६५ प्रतिशत कायम भएको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संकलन १ अर्ब ६६ करोडबाट बढेर २ अर्ब ३ करोड पुगेको छ भने कर्जा प्रवाह पनि ४ अर्ब ७५ करोडबाट बढेर ५ अर्ब ३४ करोड पुगेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी समेत ७.४५ प्रतिशतबाट बढेर २७.४० रुपैयाँ पुगेको छ । अघिल्लो आवको तुलनामा यो ३.६७ गुणाले बढी हो । यसैगरी संस्थाको प्रतिसेयर नेटवर्थ १७८.७३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२९०.०२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २८.२० गुणा र तरलता अनुपात ९.११ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.