सोमबार, असार २,२०८२ 02:09:31
  • सोमबार, असार २,२०८२ 02:09:31
Global IME Bank Limited

कालिका लघुवित्तको नाफामा ९.८२% को कमी, खराब कर्जा अनुपात र ईपीएस दुवै घट्यो

Hyundai Nepal
कालिका लघुवित्तको नाफामा ९.८२% को कमी, खराब कर्जा अनुपात र ईपीएस दुवै घट्यो
Nabil Bank Limited

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार संस्थाले तेस्रो त्रैमाससम्ममा ३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ९.८२ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले ३ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि ८.७६ प्रतिशतले घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १९ करोड ७६ लाख रुपैयाँ रहेको संस्थाको खुद ब्याज आम्दानी घटेर १८ करोड ३ लाख रुपैयाँमा खुम्चिएको छ ।  

तेस्रो त्रैमाससम्म संस्थाले २० करोड ५० लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८.५६ प्रतिशतले कम हो । कर्मचारीका लागि १२ करोड ६० लाख रुपैयाँ खर्च गरेको संस्थाको अन्य सञ्चालन खर्च भने ३ करोड ३० लाख रुपैयाँ रहेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ६८ लाख ६० हजार रुपैयाँ व्यवस्था गरेको छ । संस्थाको खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५.६० प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.९६ प्रतिशत पुगेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाको रिटेन्ड अर्निङमा ४३.१८ प्रतिशतको बढोत्तरी आएको छ । यससँगै संस्थाको रिडेन्ड अर्निङ ४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार पनि १७ करोड ३५ लाखबाट बढेर १९ करोड १५ लाख रुपैयाँ पुगेको छ ।  

संस्थाको निक्षेप संकलन १ अर्ब ३० करोड र कर्जा प्रवाह ३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । संस्थाको वितरणयोग्य मुनाफा १ करोड ५२ लाख रुपैयाँबराबर छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १२.७६ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी(ईपीएस)घटेर ११.५० रुपैयाँमा सीमित बनेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १६४.१८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६५.८८ रुपैयाँ,मूल्य आम्दानी अनुपात ६६.२३ गुणा र तरलता अनुपात १४.०६ प्रतिशत कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.