मंगलवार, श्रावण १९,२०८३ 04:04:10
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:04:10
Bizshala
Global IME Bank Limited

१०% लाभांशसहित कालिका लघुवित्तको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनःक्षेत्री चयन

१०% लाभांशसहित कालिका लघुवित्तको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनःक्षेत्री चयन
New Office

काठमाण्डौ । कास्की जिल्लाको पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको कार्यक्षेत्र भएको कालिका लघुवित्त वित्तीय संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको सञ्चालक समिति अध्यक्ष चन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा होटल टास्क इन्टरनेश्नल प्रालि पोखराको सभाहलमा पुस २९ गते सोमवार वार्षिक साधारण सभा सम्पन्न भएको हो ।  

उक्त साधारण सभाले अध्यक्षद्धारा प्रस्तुत आव २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु सहित आव २०८०/०८१ को ०.५ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश र ९.५ प्रतिशत बोनस सेयर पारित गरेको छ ।  

यस पश्चात संस्थाको हालको चुक्तापूँजी वृद्धि भई ४० करोड ७६ लाख ९२ हजार ३ सय ४ पैसा ७६ पुगेको छ ।

साथै,उक्त साधारण सभामा सर्वसम्मत रुपमा नयाँ सञ्चालक समितिको समेत चयन भएको छ । नयाँ सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट चन्द्र बहादुर क्षेत्री, चन्द्र बहादुर बस्नेत, रमाकुमारी शर्मा रगणेश पौडेल तथा सर्बसाधारण सेयरधनीहरुको तर्फबाट बिश्वराज नेपाल र युक्तबहादुर सुबेदी निर्विरोध निर्वाचित भएका छन् । सोही दिन बसेको सञ्चालक समितिको बैठकले सञ्चालकचन्द्र बहादुर क्षेत्रीलाई सर्वसम्मत रुपमा पुनःअध्यक्ष चयन गरेको छ ।  

साधारण सभाको कार्यक्रम वित्तीय संस्थाका कम्पनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.