मंगलवार, श्रावण १९,२०८३ 04:01:06
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:01:06
Bizshala
Global IME Bank Limited

कालिका लघुवित्तको नाफा १३४% ले वृद्धि, वितरणयोग्य मुनाफा ३.४४ करोड

कालिका लघुवित्तको नाफा १३४% ले वृद्धि, वितरणयोग्य मुनाफा ३.४४ करोड
New Office

काठमाण्डौ । कालिका लघुवित्तले नाफामा आकर्षक वृद्धि गरेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्ममा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवमा संस्थाले आर्जन गरेको २ करोड ६९ लाख रुपैयाँको तुलनामा १३४.०२ प्रतिशतले बढी हो ।  

संस्थाको खुद ब्याज आम्दानी भने ०.५४ प्रतिशत मात्रै बढेर २५ करोड ५० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यो रकम २५ करोड ३६ लाख रुपैयाँ थियो । संस्थाले ४ करोड ४३ लाख रुपैयाँबराबरको अन्य सञ्चालन आम्दानी गरेको छ ।  

संस्थाको खुद सञ्चालन आम्दानी २४.७३ प्रतिशतले वृद्धि भएर ३२ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन खर्च २.१४ प्रतिशतले बढेर २३ करोड २७ लाख रुपैयाँ पुगेको छ ।  

३७ करोड २३ लाख रुपैयाँ चुक्तापूँजी भएको संस्थाको रिटेन्ड अर्निङ १०१.२६ प्रतिशतले बढेर ६ करोड ६५ लाख रुपैयाँ र रिजर्भ १७.५९ प्रतिशतले बढेर २० करोड ४० लाख रुपैयाँ पुगेको छ ।  

संस्थाको निक्षेप संकलन १ अर्ब ३५ करोड र कर्जा प्रवाह ३ अर्ब ९० करोड रुपैयाँ रहेको छ । चौथो त्रैमाससम्म संस्थाले खराब कर्जा अनुपात घटाएको छ । अघिल्लो आवसम्म ४.८५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.७९ प्रतिशत कायम भएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ४४ लाख र वार्षिक लाभांश क्षमता ९.२७ प्रतिशत रहेको छ ।  

प्रतिसेयर आम्दानी १६.९५ रुपैयाँ रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७२.७० रुपैयाँ,मूल्य आम्दानी अनुपात ७५.८१ गुणा,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १३३.३७ रुपैयाँ र तरलता अनुपात ८.९८ प्रतिशत रहेको छ ।   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.