बिहीबार, बैशाख ११,२०८२ 12:17:09
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 12:17:09
IME remit
Global IME Bank Limited

प्रभु इन्स्योरेन्सले डाक्यो साधारण सभा,लाभांश र हकप्रदको प्रस्ताव पारित गरिने

Hyundai Nepal
प्रभु इन्स्योरेन्सले डाक्यो साधारण सभा,लाभांश र हकप्रदको प्रस्ताव पारित गरिने
Nabil Bank Limited

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको ४३४ औँ बैठकले कम्पनीको २८ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो।  

बैठकले आगामी वैशाख २० गते बिहिबारका दिन तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांस गरी कुल ५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। सभामा बीमा प्राधिकरणले तोके बमोजिम चुक्तापूँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर वा नियमानुसारको अन्य कुनै विकल्प भए सोहि बमोजिम हुने गरी बीमा प्राधिकरणको स्वीकृतीपश्चात सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई  पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।    

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यस्तै सञ्चालकमा समितिको संरचना परिवर्तन गरी १ जना महिला सञ्चालक र एक जना स्वतन्त्र सञ्चालकसहित जम्मा ७ जनाको सञ्चालक समिति गठन गर्ने र सोहि बमोजिम नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीको २०७५ जेठ १० गते सम्पन्न विशेष साधारण सभाबाट निर्वाचित सञ्चालकहरुको पदावधि समाप्त भएपश्चात आगामी वार्षिक साधारण सभासम्मका लागि पदावधि थप गर्ने तथा मिजास भट्टचनलाई सञ्चालक नियुक्ती गर्ने बारे सञ्चालक समितिको निर्णलाई अनुमोदन गरिनुका साथै सञ्चालक समितिका सदस्यहरुको पत्र/पत्रिका तथा सञ्चार खर्च वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा संस्थापक सेयरधनी समूह‘क’बाट २ जना, समूह ‘ख’बाट १ जना(कर्मचारी सञ्चय कोषबाट मनोनित) र साधारण समूह ‘ग’बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद ३ को निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।    

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी वैशाख ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य  हुनेछन्। 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.