काठमाण्डौ । सिन्धु विकास बैंकले शुक्रबार १४ औं र १५ औं साधारणसभाबाट चुक्तापूँजीको ११६ प्रतिशतको दरले हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको छ ।
काभ्रेको धूलिखेलमा चैत ८ गते शुक्रबार आयोजित वार्षिक साधारणसभामा बहुमतबाट चुक्तापूँजीको ११६ प्रतिशत हकप्रद सेयर निश्कासनको प्रस्ताव पारित गरेको एक प्रमोटरले जानकारी दिए ।
उनकाअनुसार हाल बैंकको चुक्तापूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्तापूँजी बढेर १२० करोड माथि पुग्नेछ ।
सिन्धु विकास बैंकको शुक्रबार आयोजित साधारणसभामा सेयरधनीबीच कुटाकुट पनि भएको थियो । सेयरधनीबीच कुटाकुट भइरहेका भिडियोहरु अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ ।