सोमबार, श्रावण १८,२०८३ 04:08:10
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:08:10
Bizshala
Global IME Bank Limited

कोका–कोला नेपालको ५० औँ वार्षिकोत्सव सम्पन्न

कोका–कोला नेपालको ५० औँ वार्षिकोत्सव सम्पन्न
New Office

काठमाण्डौ । कोका–कोलाले नेपालमा सञ्चालन भएको ५०औँ वर्ष मनाएको छ । कम्पनीले एक विशेष कार्यक्रम गरी आफ्नो सञ्चालनको ५० औँ वार्षिकोत्सव मनाएको हो ।

सन् १९७३ मा नेपालमा प्रवेश गरेदेखि नै कोका–कोला नेपाली समुदायमा चर्चित बन्न पुगेको कम्पीले जनाएको छ । काठमाण्डौ र चितवन गरी कोका–कोलाको नेपालमा दुईवटा उत्पादन कारखाना रहेका छन् । देशभर १ लाखभन्दा बढी रिटेलर आउटलेटहरू भएको कोका–कोलाले १ हजार भन्दा बढी कामदारहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेकोे र ५,००० भन्दा बढी मानिसहरू प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लाभान्वित भएको कम्पनीले जनाएको छ ।  

उक्त अवसरमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका अध्यक्ष एन एन सिंहले भने,“लजिस्टिक र संस्थागत संरचना पूर्ण रुपमाविकास नभएकाले ५० वर्षअघि नेपालमापहिलो अमेरिकी कम्पनी भित्राउनु नै एक चुनौती थियो । हालसम्म आइपुग्दा कोका–कोलाले विभिन्न साझेदारसँग बलियो सञ्जाल बनाउन सफल भएको छ । कोका–कोलाको उद्देश्य भनेको सारा नेपालीलाई ताजापन महसुस गराउने र समाजमा सकारात्मक प्रभाव पार्ने हो ।’

उक्त अवसरमा कोका–कोला नेपाल र भुटानकी हेड चन्द्रिकाकालिया र कोका–कोला बेभरेजेज नेपाल लिमिटेडका म्यानेजिङ्ग डाइरेक्टर दीपकनाथ सेन्थि लगायतले आ–आफ्नो धारण राखेका थिए ।  

कोका–कोला फाउन्डेसनले वर्षौंदेखि वाटर एड, डब्लुडब्लूएफ, माइती नेपाल, डब्लुएचआर, क्रिएजन, रोटरी क्लब अफ नागार्जुन, सेन्टर फर इन्टरप्रेन्योरसिप एन्ड इनोभेसन, वुमन फर ह्युमन राइट्स र केयर लगायत नेपालका प्रतिष्ठित अन्तर्राष्ट्रिय र स्थानीय गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्दै आएको छ । विगत ३ वर्षदेखि कोका–कोला फाउन्डेसनले नेपाली सेनाद्वारा सुरु गरिएको माउन्टेन क्लिन–अप क्याम्पेनमा सक्रिय रूपमा सहयोग गर्दै आइरहेको छ ।

नेपालमा कोका–कोलाकम्पनीको कोका–कोलालगायत फ्यान्टा, स्प्राइट, किन्ले, र चार्जड् जस्ता पेय पदार्थहरु उपलब्ध रहेका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.