सोमबार, श्रावण १८,२०८३ 03:19:27
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:19:27
Bizshala
Global IME Bank Limited

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
New Office

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । माघ १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी फागुन १० गते आइतबारका दिन विरगञ्जमा रहेको बैंकको प्रधान कार्यालयमा बिहान ८ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको छ । उक्त सभामा अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै बैंकको हाल कायम रहेको जारी पूँजीको ७० प्रतिशत संस्थापक सेयरधनी समूहको र ३० प्रतिशत सर्वसाधारण सेयरधनीको स्वामित्वमा रहेकोमा सेयरधनीको पूँजीको संरचना परिवर्तन गरी संस्थापक समूहको सेयर स्वामित्व ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम हुने गरी बैंकको प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ ।

यसैगरी सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।

सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले माघ २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.