सोमबार, फाल्गुन ४,२०८२ 04:23:38
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 04:23:38
Bizshala
Global IME Bank Limited

नेपाल वेयरहाउजिङले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

नेपाल वेयरहाउजिङले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
Shivam Cement

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी फागुन १ गते सिमरामा रहेको होटल श्रेष्ठ रेसिडेन्सीमा अपरान्ह २ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको उद्देश्य थप गर्न प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै संशाधेन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै सभामा सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी माघ २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.