नेपाल वेयरहाउजिङको रजिष्टर्ड कार्यालय ठेगाना परिवर्तन
काठमाण्डौ । नेपाल वेयरहाउजिङ लिमिटटेडको रजिष्टर्ड कार्यालय ठेगाना परिवर्तन भएको छ । कम्पनीको छैटौं वार्षिक साधारण सभाको निर्णयबमोजिम रजिष्टर्ड कार्यालय ठेगाना परिवर्तन भएको हो ।
काठमाण्डौ । नेपाल वेयरहाउजिङ लिमिटटेडको रजिष्टर्ड कार्यालय ठेगाना परिवर्तन भएको छ । कम्पनीको छैटौं वार्षिक साधारण सभाको निर्णयबमोजिम रजिष्टर्ड कार्यालय ठेगाना परिवर्तन भएको हो ।
काठमाण्डौ । नेपाल वेयरहाउजिङ लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १ करोड १४ लाख घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड २४ लाख घाटामा थियो । कम्पनीको आम्दानी १७५.४३ प्रतिशतले बढेको छ । कम्पनीले पहिलो त्रैमाससम्म २ करोड ५६ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीको आम्दानी ९३ लाख १६ हजार मात्रै थियो ।
काठमाण्डौ । नेपाल वेयरहाउजिङ लिमिटेड ५ करोड ५८ लाख रुपैयाँ घाटामा रहेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म यो घाटा व्यहोरेको हो । अघिल्लो आवको सोही अवधिसम्म पनि संस्था ५ करोड ८५ लाख घाटामा थियो । कम्पनीको आम्दानी २००३.३३ प्रतिशतले बढेको छ । कम्पनीले चौथो त्रैमाससम्म ३१ करोड ४० लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीको आम्दानी १४ लाख ९२ हजार मात्रै थियो ।...
काठमाण्डौ । नेपाल वेयरहाउजिङ लिमिटेडले आम्दानीमा राम्रो सुधार गर्दै घाटालाई उल्लेख्य घटाएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो घाटा ५१.८५ प्रतिशतले घटाएको छ । यससँगै कम्पनीको घाटा ६ करोड ७५ लाखमा सीमित बनेको छ । अघिल्लो आवमा भने कम्पनीले १४ करोड २ लाख घाटा व्यहोरेको थियो । यसबीचमा कम्पनीको...
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं साधारण सभा डाकेको हो । बैठकले आगामी जेठ ८ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग क्याटररमा अपरान्ह २ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना र कम्पनीको प्रबन्धपत्र तथा...
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको घाटा ५१.२३ प्रतिशतले कम भएको छ । चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ४ करोड ४४ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको उक्त अवधिसम्म पनि कम्पनी ९ करोड २१ लाख रुपैयाँ घाटामा रहेको थियो । कम्पनीको आम्दानी बढ्दा घाटामा कमी आएको हो ।
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पवन कुमार शर्मा नियुक्त भएका छन् । माघ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी २ करोड २४ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको उक्त अवधिसम्म पनि कम्पनी २ करोड ९९ लाख रुपैयाँ घाटामा रहेको थियो । कम्पनीको आम्दानी बढ्दा घाटामा २९.०५ प्रतिशतको कमी आएको छ ।
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो । बैठकले आगामी कात्तिक ७ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग क्याटररमा अपरान्ह ३ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको चुक्ता पूँजी वृद्धि गर्न हकप्रद शेयर जारी गर्ने विशेष...
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीको असोज १४ गते दिनको ४ बजे बसेको सञ्चालक समितिको ६३ औं बैठकले हाल हकप्रद जारी गर्ने निर्णय गरेको हो । बैठकले हाल कायम रहेको चुक्तापूँजी ६८ करोड ७५ लाख रुपैयाँको शतप्रतिशत अर्थात एक बराबर एक सेयरको अनुपातमा हकपद्र सेयर जारी गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल वेयरहाउजिङको घाटा ९४.९६ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ८ करोड ३० हजार रुपैयाँ घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म भने कम्पनीको घाटा ४ करोड १० लाख रुपैयाँ थियो ।
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको लक इन अवधि समाप्त भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ६८ हजार ७५० कित्ता सेयरको लक इन अवधि जेठ १९ गते समाप्त भएको हो । कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ गत मंसिर २० गते बाँडफाँड गरेको थियो । जेठ १९ गते उक्त साधारण सेयर बाँडफाँड भएको ६ महिना पुगेको छ ।
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले सुनसरीको गढीस्थित भण्डारण गृह सञ्चालनमा आएको तेस्रो वर्ष पूरा भएको अवसरमा अन्तरक्रिया कार्यक्रममा आयोजना गरेको छ । उक्त कार्यक्रम कम्पनीका अध्यक्ष आनन्द बगरियालको उपस्थितीमा बिहिबार विराटनगरमा सम्पन्न भएको हो । उक्त अवसरमा अध्यक्ष बगरियालले भण्डारण गृहमा दाना उद्योग र सर्वसाधारण किसानले आफ्ना अनाज भण्डारण गरेको...
काठमाण्डौ । पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रुपमा भण्डारण गर्ने सेवा सुरु भएको छ । पर्साका बिरुवा गुठीमा नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले यो सेवा सुरु गरेको हो । यस विषयमा जानकारी दिन कम्पनीले शुक्रबार वीरगन्जमा कर्पोरेट मिट आयोजना गरेको थियो । कार्यक्रममा कम्पनी अध्यक्ष आनन्द बगरियाले पर्सासहित सुनसरीको गढी र कपिलवस्तुको वीरपुरमा कम्पनीले अन्न भण्डारण...
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि(१, विरूवागुठी र सुनसरी जिल्ला, गढि गाँउपालिका(२, औरावनी स्थित वेयरहाउजिङ सञ्चालनमा ल्याएको छ । उक्त वेयरहाउजिङको सुरक्षित तथा वैज्ञानिक साइलो भण्डारमा कृषक र अन्न संकलक र खाद्य व्यवसायीका ठूलो उत्साह देखिएको कम्पनीले जनाएको छ ।नेपाल वेयरहाउजिङ कम्पनीको पर्सा र सुनसरीस्थित ईकाइहरूमा अन्न भण्डारणको कार्य...
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको लक इन अवधि समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ६८ हजार ७५० कित्ता सेयरको लक इन अवधि जेठ १९ गते सकिन लागेको जनाएको हो । कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ गत मंसिर २० गते बाँडफाँड गरेको थियो । आगामी जेठ १९ गते उक्त साधारण...
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मुकुन्द खनालको राजीनामा स्वीकृत भएको छ । कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले खनालको राजीनामा स्वीकृत गरेको हो । खनालले गत चैत १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका थिए ।
काठमाण्डौ । नेपाल वेयरहाउजिङको घाटा २०८ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ९ करोड २१ लाख २१ हजार १११ रुपैयाँ घाटा व्यहोरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.