Bizshala
  • शनिबार, पुष २६,२०८२ 03:31:19
Bizshala
Global IME Bank Limited

नेपाल वेयरहाउजिङको आम्दानीमा २६८% को उछाल, घाटा ५१% ले घट्यो

Hyundai Nepal
नेपाल वेयरहाउजिङको आम्दानीमा २६८% को उछाल, घाटा ५१% ले घट्यो
Shivam Cement

काठमाण्डौ । नेपाल वेयरहाउजिङ लिमिटेडले आम्दानीमा राम्रो सुधार गर्दै घाटालाई उल्लेख्य घटाएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो घाटा ५१.८५ प्रतिशतले घटाएको छ ।  

यससँगै कम्पनीको घाटा ६ करोड ७५ लाखमा सीमित बनेको छ । अघिल्लो आवमा भने कम्पनीले १४ करोड २ लाख घाटा व्यहोरेको थियो । यसबीचमा कम्पनीको आम्दानी २६८.८९ प्रतिशतले बढेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म २ करोड ४४ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीको आम्दानी ६६ लाख ३६ हजार मात्रै थियो ।  

CG Motors
Bizshala
Garima Development Bank

यो अवधिमा कम्पनी खर्च घटाउन समेत सफल भएको छ । अघिल्लो आवमा कुल १४ करोड ६९ लाख रुपैयाँ खचिएको कम्पनीले चालु आवमा भने ९ करोड २० लाख मात्रै खचिर्एको छ । ६८ करोड ७५ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १४ करोड ३९ लाख र कुल चालु दायित्व १६ करोड ४७ लाख रहेको छ ।  

यस अवधिमा आन्तरिक उत्पादन नरहेकोले अन्नको नयाँ भण्डारण सामान्य रहेको कम्पनीले जनाएको छ। अन्न धितोको सुरक्षणमा ऋण प्रदान गर्ने कार्यको लागि कम्पनीले विभिन्न बैंकहरुसँग सम्झौता गरिसकेको जनाएको छ ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

साथै, नयाँ बैंकहरूलाई समेत आबद्ध गर्न छलफल सुरु गरेको छ । जसबाट कम्पनीलाई धितो सुरक्षणको लागि छुट्टै आम्दानी हुने कम्पनीको भनाई छ । कम्पनीले व्यवसाय वृद्धिको लागी विभिन्न व्यवसाय प्रबन्धनात्मक कार्य गरिरहेको छ । यस त्रैमासिक अवधिमा, कपिलवस्तु परियोजनाको प्रगतिको लागि खर्चहरू गरिएको छ। साथै विभिन्न माध्यम वाट किसानसँग जोडिने कार्यको सुरुवात गरिएकोले बजारबाट सकारात्मक प्रतिक्रिया आउन थालेको कम्पनीले उल्लेख गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ९.८० रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ७२.१९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९९.५३ रुपैयाँले ऋणात्मक कायम भएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.