काठमाण्डौ । नेपाल वेयरहाउजिङ लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १ करोड १४ लाख घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड २४ लाख घाटामा थियो ।
कम्पनीको आम्दानी १७५.४३ प्रतिशतले बढेको छ । कम्पनीले पहिलो त्रैमाससम्म २ करोड ५६ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीको आम्दानी ९३ लाख १६ हजार मात्रै थियो ।
यो अवधिमा कम्पनीको प्रत्यक्ष सञ्चालन खर्च १ करोड ४७ लाख, कर्मचारी खर्च ४० लाख ९३ हजार, अन्य खर्च ५१ लाख ८९ हजार र वित्त खर्च ९० लाख २९ हजार रहेको छ । ६८ करोड ७५ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १३ करोड ६४ लाख र कुल चालु दायित्व २ करोड ३१ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.६७ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १०३.१७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४७.४९ रुपैयाँले ऋणात्मक कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।