काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मुकुन्द खनालको राजीनामा स्वीकृत भएको छ । कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले खनालको राजीनामा स्वीकृत गरेको हो ।
खनालले गत चैत १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका थिए ।
बैठकले खनालले सीईओको रुपमा कम्पनीलाई पुर्याएको योगदानको उच्च कदर गर्दै सोहि दिनदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत गरेको हो ।
यसका साथै सोहि बैठकले कम्पनीको स्वतन्त्र सञ्चालकमा शदिक्षा क्षेष्ठलाई आगामी ४ वर्षका लागि नियुक्त गरेको छ ।