काठमाण्डौ । नेपाल वेयरहाउजिङ लिमिटटेडको रजिष्टर्ड कार्यालय ठेगाना परिवर्तन भएको छ । कम्पनीको छैटौं वार्षिक साधारण सभाको निर्णयबमोजिम रजिष्टर्ड कार्यालय ठेगाना परिवर्तन भएको हो ।
कम्पनीको रजिष्टर्ड कार्यालय ठेगाना काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका–ढ सिनामंगलबाट परिवर्तन भई पर्सा जिल्ला पर्सागढी नगरपालिका–विरुवागुठी कायम गरिएको छ ।
कम्पनीलाई रजिष्टर्ड कार्यालय परिवर्तन गर्न कम्पनी रजिस्ट्रारको कार्यालयले गत कात्तिक १४ गते स्वीकृती प्रदान गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।