शनिबार, आश्विन ५,२०८१ 10:55:17
IME remit
  • शनिबार, आश्विन ५,२०८१ 10:55:17
IME remit
Global IME Bank Limited

नेपाल वेयरहाउजिङको घाटा झण्डै ९५% ले बढ्यो, ईपीएस ११.६४ रुपैयाँले ऋणात्मक

Hyundai Nepal
नेपाल वेयरहाउजिङको घाटा झण्डै ९५% ले बढ्यो, ईपीएस ११.६४ रुपैयाँले ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । नेपाल वेयरहाउजिङको घाटा ९४.९६ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ८ करोड ३० हजार रुपैयाँ घाटा व्यहोरेको छ ।  

गत आर्थिक वर्षको सोही अवधिसम्म भने कम्पनीको घाटा ४ करोड १० लाख रुपैयाँ थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

समीक्षा अवधिमा कम्पनीको आम्दानी भने ३५७.४५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यो अवधिसम्म १ करोड ४८ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । कम्पनीले यो अवधिसम्म ९३ लाख १६ हजारबराबरको प्रत्यक्ष खर्च, कर्मचारीका लागि १ करोड ४२ लाख र अन्य सञ्चालनका लागि १ करोड खर्च गरेको छ । 

यस्तै कम्पनीले ३ करोड ३१ लाख रुपैयाँबराबरको वित्त खर्च गरेको छ । जुन अघिल्लो आवसम्म ८० लाख ९४ हजार रुपैयाँमा सीमित थियो । 

कम्पनीको कुल चालु सम्पत्ति १२ करोड ४० लाख र कुल चालु दायित्व ४ करोड २६ लाख रुपैयाँ रहेको छ ।  

Sagarmatha Cement
Shivam Cement

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ११.६४ रुपैयाँ ऋणात्मक, मूल्य आम्दानी अनुपात ७७.१४ गुणा र प्रतिसेयर नेटवर्थ ८८.४६ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.