सोमबार, श्रावण १८,२०८३ 03:36:02
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:36:02
Bizshala
Global IME Bank Limited

आम्दानी बढ्दा र खर्च घट्दा नेपाल वेयरहाउजिङको घाटामा ५१% को कमी

आम्दानी बढ्दा र खर्च घट्दा नेपाल वेयरहाउजिङको घाटामा ५१% को कमी
New Office

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको घाटा ५१.२३ प्रतिशतले कम भएको छ । चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ४ करोड ४४ लाख रुपैयाँ घाटामा रहेको छ ।  

अघिल्लो आवको उक्त अवधिसम्म पनि कम्पनी ९ करोड २१ लाख रुपैयाँ घाटामा रहेको थियो । कम्पनीको आम्दानी बढ्दा घाटामा कमी आएको हो ।  

समीक्षा अवधिमा कम्पनीले १ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन रकम अघिल्लो आवको सोही अवधिमा कम्पनीले आर्जन गरेको तुलनामा १८४ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीको आम्दानी ६६ लाख १७ हजार रुपैयाँ थियो ।  

यो अवधिमा कम्पनीको कुल खर्च पनि घटेको छ । कम्पनीको कुल खर्च ९ करोड ८७ लाख रुपैयाँबाट घटेर ६ करोड ३७ लाख रुपैयाँमा सीमित बनेको छ । ६८ करोड ७५ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ११ करोड ३३ लाख र कुल चालु दायित्व ९ करोड ८२ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)६.५३ रुपैयाँले ऋणात्मक, मूल्य आम्दानी अनुपात १४४.१८ गुणा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ७५.४१ रुपैयाँ ऋणात्मक रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.