सोमबार, फाल्गुन ११,२०८२ 01:45:45
Bizshala
  • सोमबार, फाल्गुन ११,२०८२ 01:45:45
Bizshala
Global IME Bank Limited

लाभांश पारित गर्दै स्वावलम्बन लघुवित्तकोको एजीएम सम्पन्न, सञ्चालकमा श्रेष्ठ निर्विरोध निर्वाचित

लाभांश पारित गर्दै स्वावलम्बन लघुवित्तकोको एजीएम सम्पन्न, सञ्चालकमा श्रेष्ठ निर्विरोध निर्वाचित
Shivam Cement

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारण सभा आज काठमाण्डौमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (बोनस सेयरको कर प्रयोजनको लागि) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  

वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा रु.३५ करोड ९७ लाख ८३ हजार ८ सय ५६ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आव २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

चालु आवको असोज मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालय मार्फत २ लाख ६१ हजार ७ सय ४५ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु.२१ अर्व ३१ करोड २१ लाख पुगेको छ भने सदस्यको बचत यस अवधिसम्ममा रु.१४ अर्ब ३९ करोड १९ लाख रहेको छ ।

संस्थाको जारी तथा चुक्ता पूँजी रु.१ अर्ब ६५ करोड ६६ लाख २५ हजार कायम गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।

साधारण सभाले संस्थाको संचालक समितिमा रिक्त हुने सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकमा रविन कुमार श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साथै, आव २०८१/८२ को लेखापरीक्षण गर्नको लागि सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य इजाजतपत्र प्राप्त ‘घ’ वर्गका एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर÷प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन संचालक समितिलाई अधिकार प्रत्यायोजना गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.